वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिका- २ पिपरामा अवस्थित सुपादेउराली मन्दिरमा शुक्रबार पुजा आराधना गर्नेको घुईचो लागेको छ । नवबर्ष २०८० को अवसरमा आज पुजा आराधना गर्नेको घुईचो लागेको हो ।

यस मन्दिर पछिल्लो समय पुजा आराधनाको लागी सबैको रोजाईमा पर्दै आएको छ । एक बिगाहा भन्दा बढी क्षेत्रफलमा फैलिएको यस मन्दिरमा कपिलवस्तुसहित छिमेकी जिल्लाहरु अर्घाखाँची, रुपन्देही, पाल्पा, नगरपरासीका दर्शनार्थीहरु आउने गरेका छन् ।

विभिन्न चाडपर्वका समयमा यस मन्दिरमा थेगी नसक्नु भिड लाग्ने समेत गर्छ । धार्मिक पर्यटकीय स्थलका रुपमा विकास हुन सक्ने प्रचुर सम्भावना बोकेको यस मन्दिरमा आवश्यक संरचना भने निर्माण हुन सकेका छैनन् ।
मन्दिरको थप व्यस्थापनमा वडा, नगरदेखि प्रदेश र संघीय सरकार चुकेको देखिन्छ । यसरी चासो नदिदाँ जनगुनासो बढ्न थालेको छ ।








