गृहपृष्ठ Featured कपिलवस्तु मिल व्यवसायी संघको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

कपिलवस्तु मिल व्यवसायी संघको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु मिल व्यवसायी संघको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशन शुक्रबार बाणगंगा नगरपालिका- ७ स्थित खारखानीमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, समाजसेवी सुर्यपसाद बराल, पत्रकार अशोक पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कपिलवस्तु जिल्लाभित्रका सम्पुर्ण मिल व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो । साथै सोही कार्यक्रममा दुर्घटनामा परेका मिल व्यवसायीलाई सहयोग रकम समेत हस्तान्तरण गरिएको छ ।

यसैबीच संघको तेस्रो अधिवेशनबाट शालिकराम भुसालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा मनिष आचार्य, सचिवमा तुल्सी घिमिरे र कोषाध्यक्षमा कृष्ण प्रसाद भट्टराई चयन भएका छन् भने सदस्यहरुमा सिताराम थारु, भुवन पाण्डे, विकास घिमिरे, रामु पोख्रेल लगायत चयन भएका छन् ।

नवनिर्वाचित समितिलाई नगरप्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बधाई दिदैं मिल व्यवसायीको हकहितमा काम गर्न आग्रह गरेका थिए ।

सम्बन्धित् समाचार