गृहपृष्ठ कपिलवस्तु बिशेष जिल्ला प्रशासन कार्यालय कपिलस्तुमा सार्वजनिक बिदाको दिन पनि सेवा

जिल्ला प्रशासन कार्यालय कपिलस्तुमा सार्वजनिक बिदाको दिन पनि सेवा

कपिलवस्तु ।

कपिलवस्तु  जिल्लाका अन्य कार्यालयका कर्मचारीहरूले नयाँ वर्षको बिदा मनाई रहँदा प्रशासन कार्यालयका कर्मचारीहरू भने आफ्नो कार्यमा अन्य दिन जस्तै खटेका थिए।

प्रशासन कार्यालयका  प्रजिअ सहित १० जना कर्मचारीहरू नयाँ वर्षमा पनि नागरिकहरुलाई प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवाहरू दिन दिनभर नै व्यस्त थिए। शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्रको सेवा दिने भन्दै एक साता अघि प्रशासन कार्यालयले सार्वजनिक सुचना जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवाग्राहीको सुबिधालाई मध्यनजर गरी सार्वजनिक बिदाको दिन पनि सेवा उपलब्ध गराएको हो। जिल्ला मै पहिलो पटक नयाँ वर्ष नागरिकहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन समेत प्रशासन कार्यालयले सेवा दिन कार्य योजना बनाइएको प्रजिअ शंकरहरि आचार्यले बताए।

नागरिकहरूको सेवा सुविधालाई मध्यनजर गर्दै शनिवारका दिन बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि सेवा दिन कार्य योजना नै बनाएका छौ ’ उनले भने। पहिलो चरणमा नयाँ वर्ष वैशाख १ गते, वैशाख १८ गते विश्व मजदुर दिवस, वैशाख ३२ बुद्ध जयन्ती र जेठ १५ गणतन्त्र दिवसका दिन समेत कार्यालय संचालन हुने सुचना जारी गरिएको छ।

बिदाका दिन समेत सेवा दिन प्रशासन कार्यालयका कर्मचारीलाई पालैपालो खटाइने गरी व्यवस्था मिलाइएको छ।

सम्बन्धित् समाचार