गृहपृष्ठ Featured रियल म्याड्रिडसँग क्याडिज पराजित

रियल म्याड्रिडसँग क्याडिज पराजित

काठमाडौँ ।

स्पेनिस ला लिगामा रियल म्याड्रिडले क्याडिजलाई २–० ले पराजित गरेको छ ।

क्याडिजमा शनिबार राति भएको खेलमा रियलले  घरेलु टोली क्याडिजलाई पराजित गरेर शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी छोट्यायो। रियलको जितमा नाँचो फर्नान्डेस र मार्को एसेन्सियोले गोल गरे ।

यो जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी १० मा छोट्याएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक रहँदा रियलको ६२ अंक छ । पराजित क्याडिज ३१ अंक जोडेर १५औं स्थानमा छ ।

सम्बन्धित् समाचार