गृहपृष्ठ Featured सगरमाथाको आरोहण गर्दै दुवै खुट्टा गुमाएका हरि बुढा मगर

सगरमाथाको आरोहण गर्दै दुवै खुट्टा गुमाएका हरि बुढा मगर

काठमाडाैं ।

संसारमा गर्न नसकिने कुरा केही छैन । तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ ।

आत्मविश्वास र आत्मबलका पर्याय हरि बुढामगर हुनुहुन्छ । पूर्वगोरखा सैनिक समेत रहनुभएका उहाँका दुवै खुट्टा छैनन् । अहिले उहाँ विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आधार शिविर गइसक्नुभएको छ । बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाईमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो ।

शारीरिक अशक्तता भएर पनि बुढा मगर सगरमाथा आरोहण गर्ने उत्कट चाहना पूरा गर्न सगरमाथा आरोहणका लागि तयार हुनुहुन्छ । विभिन्न खेलमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्नुभएका मगरले संचारकर्मीसँग कुरा गर्दै नेपालको पहिचानलाई विश्वमाझ पुर्याउनका लागि सगरमाथाको आरोहण गर्न लागेको बताउनुभयो ।

उहाँले आफूले सगरमाथा आरोहणमार्फ् विश्व कीर्तिमान राख्न चाहेको बताउनुभयो । उहाँले दुवै खुट्टा नभएका व्यक्तिले हालसम्म सगरमाथा आरोहण नगरेको भन्दै आफ्नो आरोहणले विश्व कीर्तिमान राख्ने र आम मानिसहरुलाई गौरवान्वित बनाउने बताउनुभयो ।

उहाँले हरेक मानिससँग केही न केही कमजोरी भएपनि जीवनमा केही गर्न नसक्ने भन्ने नहुने बताउनुभयो । उहाँले हिनताबोध त्यागेर आफ्नो शक्तिलाई केन्द्रित गर्नसके जस्तोसुकै सफलता पनि हात पर्ने बताउनुभयो । उहाँले आफ्नो सगरमाथा आरोहणले जिवनको कुनै न कुनै सगरमाथा चढिरहेका आम मानिसहरुलाई प्रेरणा दिने उहाँको भनाइ छ ।

सम्बन्धित् समाचार