गृहपृष्ठ Featured मुम्बईसँग कोलकाता पराजित

मुम्बईसँग कोलकाता पराजित

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेकाे छ ।

कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य मुम्बईले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटाउन सफल भएकाे हाे ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो ।

मुम्बईको यो दोस्रो जित हो भने कोलकताको तेस्रो हार हाे ।

सम्बन्धित् समाचार