गृहपृष्ठ Featured दोश्रो डबल्स ब्याडमिन्टन मेयर कप प्रतियोगीताको उपाधि रोहीत र अभयले जिते

दोश्रो डबल्स ब्याडमिन्टन मेयर कप प्रतियोगीताको उपाधि रोहीत र अभयले जिते

कपिलवस्तु ।

दोश्रो डबल्स ब्याडमिन्ट मेयर कप प्रतियोगीताको उपाधि रोहीत बराल र अभय महराले जितेका छन । कपिलवस्तु नगरपालिकाको आयोजना र जिल्ला ब्याडमिन्टन संघको समन्वय भएको भएको प्रतियोगीतामा रितेश थापा र माहोम्द हुसेनलाई २ का बिरुद्ध शुन्य सेटले हराउदै रोहित र अभयले सो प्रतियोगीता जिेतका हुन ।

२ साता अघि समेत रोहीत र अभयको जोडीले जिल्ला स्तरीय डिबि मोमोरियल ब्याडमिन्ट प्रतियोगीता समेत जितेका थिए । यस्तै सो प्रतियोगीतामा सुदीप श्रेष्ठ र सिद्धार्थ काजी तथा सभाष कुवर र आभ थारु तृतीय भए । यस्तै अन्डर सेभेन्टि गल्र्समा सबिना परियार प्रथम, अनिशा थारु द्धितीय तथा रबनिा बिष्ठ र बिपना कोरी तृतीय भए ।

अन्डर फिफुटीन ब्वायजमा बिवेश बस्नेत प्रथम, निखिल परियार द्धितीय तथा राज घिमिरे र बिस्नु बस्नेत तृतीय भए । अन्डर सेभेन्टिन ब्वायजमा शिभम कसौधन प्रथम, मुनाल सिंह क्षेत्री द्धितीय तथा सुधेश भुसाल र अरुन थारु तृतीय भए । बिजयी खेलाडीहरुलाई कप मेडल र प्रमाण पत्र प्रदेश सदस्य सुधाकर पाण्डेयले प्रदान गरे सो अवसरमा उनले खेलकुदको विकासकालागि आफुले सक्दो कोशीस गर्ने बताए । उनले तौलिहवामा रंगशाला निर्माणकालागि ठोस पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

सो अवसरमा उप मेयर सुनिता गुप्ताले खेलकुदको विकासकालागि नगरपालिकाले आवश्यक्ता अनुसार बजेट बिनियोजन गर्ने बताए ।

उप-मेयर गुप्ताको अध्यक्षता, बलराम न्यौपानेको संचालनमा भएको समापन समरोहमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यष प्रकाश गैरे, प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचा र्य। निर्माण ब्यवसायी संघका जिल्ला अध्यक्ष सरोज अर्याल ब्याडमिन्ट संघका जिल्ला अध्यक्ष दिनेश हमाल लगायतको सहभागीता थियो ।

 

सम्बन्धित् समाचार