गृहपृष्ठ Featured अङ्ग्रेज फौजलाई पराजित गरेको स्मरणमा बुटवलको जितगढीमा विजयोत्सव

अङ्ग्रेज फौजलाई पराजित गरेको स्मरणमा बुटवलको जितगढीमा विजयोत्सव

रुपन्देही ।

नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरी देशको रक्षा गरेको स्मरण गर्दै आज बुटवलको जितगढीमा विजयोत्सव गरिएको छ ।  विसं १८७२ वैशाख ७ गते पाल्पाका तत्कालीन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले वीरता र निडरताका साथ लडेर विजयको झण्डा फहराएको थियो ।

इतिहासविद् निर्मल श्रेष्ठका अनुसार युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग विसं १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ ।

सोही इतिहासको सम्झना गर्दै बुटवल उपमहानगरपालिकाले हरेक वर्ष नेपाली वीरताको चिनो बुटवलको जितगढी किल्लामा कार्यक्रम गरी विजयोत्सव मनाउँदै आएको छ ।

सम्बन्धित् समाचार