मनिस पाण्डेले २१ र पृथ्वी शले १३ रन जोडे । अक्षर पटेलले २२ बलमा अविजित १९ रन बनाए । कोलकताका वरुण चक्रवर्ती, अनुकुल रोए र कप्तान नितिश राणाले समान २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।
कोलकताका लागि ज्यासन रोएले सिजनको पहिलो खेल खेल्दै सर्वाधिक ४३ रन बनाए । ३९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।
आन्द्रे रसेलले ३१ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा अविजित ३८ रन बनाए ।
बलिङमा दिल्लीका इशान्त शर्मा, एनरिक नोर्किअ, अक्षर पटेल र कुलदिप यादवले समान २ विकेट लिए । मुकेश कुमारले १ विकेट लिए ।