कपिलवस्तु ।
जिल्लाको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कर्जा लिईसकेपछि तिर्न आनाकानी गर्न नहुने बताएका छन् । नेपाल लघुवित्त बैंकर्ष संघले आयोजना गरेको वित्तिय साक्षरता राष्ट्रिय अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले यस्तो बताएका हुन् । उनले पछिल्लो समय लघुवित्त संथामा देखीएका समस्या त्यसै नआएकाले गम्भीर समिक्षा गर्न जरुरी रहेको बताए ।
लघु, साना तथा मस्यौला उद्यमीलाई आवश्यक कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरु इच्छुक रहेको नेपाल राष्ट्र बैंक सिद्धार्थ ब्रान्चका निर्देशक चतेन्द्रराज सुवेदीले बताए । उनले कर्जा प्रवाह र यसबाट लिने व्यवसायिक फाईदाका विषयमा भने अझै पनि साना उद्योगी तथा स्थानिय स्तरका व्याक्तीहरु जानकार नरहेको बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय लघुवित्तको भ्रम फैलिनुमा लघुवित्तको पनी अलिकती कमजोरी रहेको हुनसक्ने बताउदै छिटो समाधान खोज्न आग्रह गरेका थिए । साथै उनीहरुले केही संस्थाका कारण यि र यस्ता समस्या शिर्जना भएको भन्दै ति संस्थालाइ कानुनको दायरामा ल्याउन पनी आग्रह गरेका थिए ।
नेपाल लघुवित्त बैंकर्ष संघका केन्द्रीय कोषाध्यक्ष तथा लुम्वीनी प्रदेश संयोजक प्रेम बहादुर पाठकको अध्यक्षता रहेको कार्यक्रममा अन्जना सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन मेरो माइक्रो फाइनान्स जितपुर साखाका भिम ओलीले गर्नुभएको थियो ।
नेपाल लघुवित्त बैंकर्ष संघले वाणगंगा नगरपालिका ४ नम्वर जितपुर देखी पिस हिमालयन रिर्सोटसम्म पैदल र्याली समेत गरेका थिए । र्यालीमा उनीहरुले बिभीन्न प्लेकार्ड समेत पर्दशन गरेका थिए । ¥यालीमा ४०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।








