गृहपृष्ठ Featured तनहुँ–१ : मतान्तर बढाउँदै स्वर्णिम

तनहुँ–१ : मतान्तर बढाउँदै स्वर्णिम

काठमाडौं ।

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले १९ हजार ३४९ मत पाएका छन् ।

यता, दोस्रो स्थानमा लोकतान्त्रिक वाम गठबन्धनका उमेदवार छन् । गठबन्धनको सहयोगमा कांग्रेस उमेदवार गोविन्द भट्टराईले ११ हजार २७९ मत पाएका छन् । यहाँ सात हजार ९७० को मतान्तर छ ।

यस्तै नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनालले ६ हजार १५१ मत ल्याउँदै तेस्रो स्थानमा छन् । यहाँ २९ हजार मत गन्नन बाँकी छ । हालसम्म ३६ हजार ९९ मत गणना भएको छ ।

सम्बन्धित् समाचार