गृहपृष्ठ Featured बुटवलमा पहिलोपटक राष्ट्रिय पार्क सम्मेलन हुदैं

बुटवलमा पहिलोपटक राष्ट्रिय पार्क सम्मेलन हुदैं

बुटवल ।

पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा वहस गरी स्पष्ट कानुन बनाउन राजयको ध्यानाकर्ष गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ ।  पार्कहरुको राष्ट्रिय सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको हो ।

बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका० को नेतृत्वमा जेठ ६ र ७ गते हुन लागेको सम्मेलनको तयारी तीब्र पारिएको छ ।

धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसंग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको मणिमुकुन्दसेन उद्यानका अध्यक्ष खेम लुइटेलले बताए ।

पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरुको ठूलो महत्व भएपनि राज्यले कानुनीरुपमा कुनै सम्बोधन नगरेको सम्मेलनले कानुन निर्माणमा तिनै तहका सरकारलाई दवाव पुग्ने अपेक्षा गरिएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।

नेपालको आर्थिक समृद्धिका लागि पर्या–पर्यटन एक महत्वपूर्ण पक्ष भएकाले वन क्षेत्रभित्र सञ्चालित पार्कहरुलाई सहजरुपले काम गर्न ठोस नीतिगत व्यवस्थाको पहलका लागि सम्मेलनले पार्कहरुको राष्ट्रियस्तरको संजाल निर्माण गर्ने सम्मेलनका प्रचार संयोजक डिआर घिमिरेले बताए ।

सम्बन्धित् समाचार