वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ ले विधार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार वडा नम्बर ४ भित्र रहेका दुई विद्यालयका ३ सय भन्दा बढी विधार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
सिद्धार्थ आधारभूत विद्यालय गजेहडाका २ सय १४ जना र शान्ति आधारभूत विद्यालय डुँगहवाका एक सय २५ जना गरि जम्मा ३ सय ३९ जना विधार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको वडाध्यक्ष छविलाल रेस्मी मगरले वैखरीलाई जानकारी दिए ।
हरेक विधार्थीलाई ७/७ वटा कापी र एक वटा कलमका दरले शैक्षिक सामग्री वितरणगरिएको हो । शिक्षामा सबैको सहज पहुँच होस् भन्ने उद्देश्यले वडाले शैक्षिक सामग्री वितरण गरेको वडाध्यक्ष रेस्मीले बताए । राज्यले शिक्षामा ठूलो लगानी गरेकाले त्यसको सकारात्मक परिणाम देखाउन स्थानीय तहले अहम भूमिका खुल्ने उनको भनाई छ ।
गरिबी, विपन्नताले नै शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न आफु प्रतिवद्ध रहेको उनले बताए । बाणगंगाका अन्य वडाभन्दा वडा नम्बर ४ को शैक्षिक अवस्था अब्बल रहेको दाबी गर्दै उनले यसलाई थप वृद्धि गर्ने बताए । उनले हरेक विद्यालयमा शैक्षिक गुणस्तरियता कायम गर्दै समयानुकुल शिक्षा आवश्यक रहेको बताए ।








