गृहपृष्ठ Featured गुल्मीमा एक महिला मृत फेला

गुल्मीमा एक महिला मृत फेला

गुल्मी । 

गुल्मीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको इस्मा गाउँपालिका-२ सामाचौर निवासी माया खत्री शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ राम्रोसँग खाना खाएर सुतेकी खत्री अर्को दिन बिहान छल्दी पनाहबाट भालुखोला सामाचौर हुँदै भलातारीतर्फ बग्ने कुलोमा डुबिरहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार