कपिलवस्तु ।
लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले निजामती कर्मचारीहरुको लागि प्रदेश वाट ऐन तथा कार्यविधि वनाइ कर्मचारीहरुको समस्या समाधान गर्ने बताए । तौलिहवामा आयोजित नेपाल पशु स्वास्थ्य सेवा पाविधिक संघ लुम्विनी प्रदेश समितिले विश्व भेटेरिनरी दिवसको अवसरमा आयोजना २०८० सालको भिक्ते पात्रो विमोचन कार्यक्रममा यस्तो बताएका छन् ।
सांसद पाण्डेयले लुम्विनी प्रदेशमा नेपाली कागे्रंसको नेतृत्वमा सरकार बनेकोले तत्काल ऐन ,कानुन तथा नीति निर्माण बनाइ नया तबरले काम गर्ने बताए । साथै उनले पशु तथा कृषि क्षेत्रको विकासमा सहयोग हुने गरि काम गर्ने समेत पाण्डेयले बताए ।
कार्यक्रममा नेपाली कागे्रंसका लुम्विनी प्रदेश सदस्य एवं भातृ संघ समन्यव विभाग रोमलाल खनाल,कपिवस्तु नगर सभापति खुर्सेद अहमद खां, नेल्टामा केन्द्रिय उपाध्यक्ष लक्ष्मण घिमिरे, सचिव शिरिष गौतम, सदस्य भोजराज पाण्डेय ,जिल्ला अध्यक्ष गोपाल सापकोटा लगायतले संगठन तथा भेटेरिनरी दिवसको बारेमा वोलेका थिए ।
प्रदेश सचिव शेर बहादुर हमालको संचालन र कार्यवाहक अध्यक्ष युवराज घिमिरेको अध्यक्षतामा भिक्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको थियो ।








