बाणगंगाा ।
बाणगंगा नगरपालिका- १ उत्तमनगरमा २ दिने सुरक्षित मातृत्व एवम् गर्भ संस्कार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बाणगंगा नगरपालिका आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजना तथा वडा नम्बर १ को समन्वयमा सम्पन्न भएको हो । कार्यक्रम शनिबार बाणगंगा गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सभाहलमा सम्पन्न भएको हो ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमन्द भूसालले गर्भवती महिलालाई उचित खानपानसंगै आफ्नो र शिशुको हेरचाहका लागी ज्ञान लिन आवश्यक रहेको बताए । उनले ति आवश्यक ज्ञान प्राप्त गर्न कार्यक्रम महत्वपुर्ण सावित भएको बताए । उनले एउटा बालक भविष्यको देशको जिम्मेवार नागरिक हुने भएकाले त्यसको लागी गर्भवस्थादेखि नै आवश्यक हेरचाह गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागिले स्वास्थ्य स्वयम्सेवीकाहरुले सुरक्षित मातृत्व एवम् गर्व संस्कार कार्यक्रमको प्रसंसा गर्दै यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा निरन्तर दिन आवश्क रहेको बताएका छन् । उनीहरुले गर्भवती महिला शारीरिक, मानसिक रुपले सक्षम हुन सके मात्र सुरक्षित शिशुलाई जन्म दिन सकिने बताए ।
कार्यक्रममा सहभागी एक गर्भवती महिला सिता बरालले कार्यक्रमबाट आफुले सिकेका ज्ञानहरु आफ्ना सन्तानलाई सिकाएर भविष्यमा सक्षम र लगनशिल बनाउन सकिने भन्दै खुसी व्यक्त गरिन् ।
कार्यक्रममा स्वास्थ्य निरिक्षक अधिकृत कुल प्रसाद पन्थी र इश्वरा खरेलको मुख्य प्रशिक्षणको भुमिका रहेको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले गर्भवती महिलाहरुको रगत,खकार संकलन गरी क्षयरोगको परीक्षण समेत गरेका थिए ।
उक्त कार्यक्रमबाट ३८ जना महिलाहरु लाभान्वित भएका छन् ।








