गृहपृष्ठ Featured बुद्धजन्मस्थल लुम्बिनीमा निरन्तर सरसफाई अभियान

बुद्धजन्मस्थल लुम्बिनीमा निरन्तर सरसफाई अभियान

लुम्बिनी ।

बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार पनि सरसफाई गरिएको छ । ‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उदेश्यले बैशाख ९ गतेबाट ‘लुम्बिनी सरसफाई अभियान २०८० शुरु गरिएको हो ।

शनिबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहित कोषका कर्मचारीहरुको उपस्थितीमा गुरुयोजना क्षेत्रभित्रका स्थलहरुको सरसफाई गरिएको छ ।

शान्तिदीप, मायादेवी मन्दिर वरपर, मुख्य नहर क्षेत्र हुँदै अन्र्तराष्ट्रिय ध्यान केन्द्रसम्म सफाई गगरिएको छ । २५६७ औं बुद्धजयन्तीको अवसरलाई मध्यनगर गरि दोस्रो हप्तापनि लगातार सरसफाई गरिएको र आगामि दिनमा महिनामा एक दिन शनिबार सरसफाई गरिने कोषले जनाएको छ ।

सम्बन्धित् समाचार