गृहपृष्ठ Featured कतारको रंगशाला बनाउँने क्रममा हालसम्म १४ सय नेपालीको मृत्यु

कतारको रंगशाला बनाउँने क्रममा हालसम्म १४ सय नेपालीको मृत्यु

आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि स्टेडियम बनाउने क्रममा ठुलो संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

जर्मनीको एक टेलिभिजनका अनुसार हालसम्म करिब १४ सय नेपाली कामदारको मृत्यु भएको छ । जर्मनीको डब्लुडिआर टेलिभिजनले एक डकुमेट्री मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको अरब न्युजले उल्लेख गरेको छ ।

निर्माणको क्रममा हुने दुर्घटनाका क्रममा प्रत्येक वर्ष १ सय ५० जनाको ज्यान जाने गरेको छ । डकुमेट्रीका अनुसार मृत्यु भएका नेपालीका परिवारले कुनै क्षतिपुर्ति समेत पाएका छैनन् ।

‘ट्रयाप्ड इन कतार’ नाम दिइएको उक्त अनुसन्धानात्मक डकुमेन्ट्री शुक्रबार सार्वजनिक गरिएको थियो । डकुमेन्ट्रीमा यसरी काम गर्ने कामदारले क्याम्पमा आधारभूत आवश्यकताका वस्तु बिनै बस्नुपर्ने खुलासा गरिएको छ । कामदारहरुले स्टेडियम निर्माणका क्रममा भोगका दुःख हरु डकुमेन्ट्रीमा समावेश गरिएको छ ।

३ बर्ष कतारमा बसेर पत्रकारिता गरेका दिनेश रेग्मी भन्छन्, ‘नेपालीहरुको अवस्था निकै दयनीय छ । न्युनतम ज्याला पनि दिइएको छैन् । आधारभुत आवश्यकताका कुराहरु समेत छैनन् । नेपाली कामदारहरु उद्धारका लागि नेपाली राजदुतावास दोहामा लामवद्ध देख्छु’ ।

केही नेपाली कामदारहरु साइटबाट खसेर मर्छन् भने केहीको गर्मी मौसमका कारण ज्यान जाने गरेको छ

सम्बन्धित् समाचार