गृहपृष्ठ Featured नेपाल ट्रेड युनियन कांग्रेस कपिलवस्तुको अध्यक्षमा बाल कुमारी अधिकारी

नेपाल ट्रेड युनियन कांग्रेस कपिलवस्तुको अध्यक्षमा बाल कुमारी अधिकारी

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल ट्रेड युनियन कांग्रेस कपिलवस्तुको अध्यक्षमा बाल कुमारी अधिकारी निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न ८ औं अधिवेशनबाट अधिकारी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

जसको उपाध्यक्षमा नेत्रप्रसाद बन्जाडे, सिता सिता भट्टराई, दुर्गा अधिकारी, राम औतार चौधरी, जनकप्रसाद बेल्वासे, सचिवमा गोविन्द पोख्रेल, सहसचिवमा शिवा पाण्डे न्यौपाने, कोषाध्यक्षमा सिराज अहमद, सहकोषाध्यक्षमा चित्रा पौडेल खनाल निर्वाचित भएका छन् भने महिला सदस्यमा कालिका उपाध्याय र युवा संयोजकमा सिर्जना पन्थी निर्वाचित भएकी छिन् । निर्वाचन मण्डलका अनुसार केन्द्रिय प्रतिनिधिमा ३ जना लोकनाथ शर्मा, हरिकला अधिकारी र राम औतार चौधरी निर्वाचित भएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा विष्णु बहादुर राना, विष्णु पोख्रेल, जेत प्रसाद खनाल, विर बहादुर चौधरी, तुल्सीराम थारु र दुर्गा अधिकारी गरि ७ जना निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष अधिकारी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले अब सबैको आशाको धरोहर नेपाल टे«ड युनियन कांग्रेस कपिलवस्तुलाई विगतमा भन्दा थप क्रियाशिल बनाउने प्रतिवद्धता जनाएकी छिन् ।

श्रमिकहरुको हकहितको पक्षमा काम गर्दै नेपाली कांग्रेसलाई संगठित बनाउन आवश्यक रहेको उनको भनाई छ ।

सम्बन्धित् समाचार