गृहपृष्ठ Featured बुटवल-नारायणगढ सडक : डेढ वर्ष म्याद थप्न ठेकेदारको माग

बुटवल-नारायणगढ सडक : डेढ वर्ष म्याद थप्न ठेकेदारको माग

पूर्वी नवलपरासी ।

महेन्द्र राजमार्गअन्तर्गत  बुटवल- नारायणगढ  सडक विस्तारमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको चिनियाँ ठेकेदारले फेरि डेढ वर्ष म्याद थप्न माग गरेको छ । ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसअघि दोस्रो पटक म्याद थप गरेको थियो ।

थपिएको अवधिमा थप २ प्रतिशत मात्र काम गरेको ठेकेदार कम्पनीले अब फेरि डेढ वर्ष म्याद थप्न सडक विभागसँग माग गरेको छ । चिनियाँ ठेकेदार कम्पनीका कन्सल्टयान्ट इन्जिनियर राकेश झाले म्याद थपका लागि सम्वद्ध पक्षसँग सम्वाद भइरहेको जानकारी दिए । कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्न परेको उनले दावी गरे ।

सडक विभागका दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले म्याद थप्ने बारे चिनियाँ ठेकेदारले कन्सल्टयान्ट इन्जिनियर मार्फत प्रस्ताव गरेको बताए । सडक निर्माणको लागत नबढ्नेगरी म्याद थपबारे छलफल भएको उनले बताए ।

सम्बन्धित् समाचार