गृहपृष्ठ Featured बाणगंगा- ४ द्वारा ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकहरुलाई झुल वितरण

बाणगंगा- ४ द्वारा ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकहरुलाई झुल वितरण

चेतन विष्ट, कपिलवस्तु ।

जिल्लाको बाणगंगा नगरपालिका- ४ ले ज्येष्ट नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल वितरण गरेको छ । वडाको लक्षित वर्गको कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तिहरुलाई वडाले मगंलवार एक कार्यक्रमकाबीच झुल वितरण गरेको हो ।

वडावासीहरुको हरेक समस्यामा जनतालाई वडा आफ्नो साथमा रहेको अनुभूती दिलाउने गरि वडाले कार्य गरिरहेको भन्दै त्यसलाई निरन्तरता दिने वडाध्यक्ष छबि रेस्मि मगरले बताए ।

विशेष गरि अबको समय अपाङ्ग र वृद्धवृद्धाहरुलाई समस्या हुने भएकाले वडाले उनीहरुको लागि निरन्तर बजेट विनियोजन गर्ने समेत उनले बताए ।

गर्मी मौसम लागे सङ्गै लामखुट्टेको टोकाई बाट लाग्ने रोगको प्रकोप बढ्नेभएकाले वडा भित्र रहेका सबै अपाङ्ग तथा ७० वर्ष नाघेका ज्येष्ठ नागररिकहरुलाई झुल वितरण गरिएको वडा सदस्य चिन्कु थारुले जानकारी दिए ।

झुल प्राप्त गरिसकेपछि उनिहरुले वडालाई धन्यवाद दिदै आगामि दिनहरुमा पनि आफुहरुको दुखमा वडाले साथ दिने विश्वास व्याक्त गरेका थिए ।

अपाङ्ग व्याक्ति र ज्येष्ठ नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै वडा आफैले विभिन्न टोलटोलमा पुगि झुल वितरण गरेको हो ।

सम्बन्धित् समाचार