रियल म्याड्रिडले हालसम्म १४ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । म्यानचेस्टर सिटीले भने हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । म्यानचेस्टर सिटी सन् २०२०-२१ सिजनको फाइनलमा चेल्सीसँग पराजित भएको थियो ।
त्यसैले यतिबेला म्यानचेस्टर सिटी दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने योजनामा छ । पछिल्लो समय म्यानचेस्टर सिटी लयमा पनि देखिएको छ । जारी सिजनको इङ्लिस प्रिमियर लिग उपाधिनजिक रहेको म्यानचेस्टर सिटी आफुले खेलेका पछिल्ला २१ खेलमा अपराजित रहँदै आएको छ ।