गृहपृष्ठ Featured बुटवलमा हुने राष्ट्रिय पार्क सम्मेलनको तयारी तीव्र

बुटवलमा हुने राष्ट्रिय पार्क सम्मेलनको तयारी तीव्र

बुटवल ।

बुटवलमा हुने राष्ट्रिय पार्क सम्मेलनको तयारी तीव्र पारिएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुन लागेको हो ।

उक्त पार्क सम्मेलनमा देशभरका करिब १ सय पार्कबाट १५० देखि १६० जनासम्म सहभागी हुनेछन् । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा जेठ ६ र ७ गते हुन लागेको सम्मेलनको तयारीस्वरुप छलफल गरिएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले जानकारी दिए  ।

धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बुटवलको मणिमुकुन्दसेन उद्यानका अध्यक्ष खेम लुइँटेलले बताएका छन् ।

रुपन्देहीको तिलोमता रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले  पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरूको ठुलो महत्त्व भए पनि राज्यले कानुनी रूपमा कुनै सम्बोधन नगरेको सम्मेलनले कानुन निर्माणमा तीनै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको बताए ।

सम्बन्धित् समाचार