वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा ‘सिद्धार्थ रिकण्डीसन बाईक शोरुम सेन्टर’ संचालनमा आएको छ । सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएसंगै शोरुम संचालनमा आएको संचालक सुजन पौडेलले जानकारी दिए । उनका अनुसार उक्त शोरुम ३० लाखको लगानीमा संचालनमा आएको हो । ‘अहिले सुरुवातमा ३० लाख रुपैयाँको लगानी छ । यसलाई क्रमिक रुपमा बढाउँदै ५० लाखसम्म लैजाने सोच छ ।’ उनले भने ।
२४ बर्षीय उनले यस भन्दा अगाडि आफ्नै दाईको वर्कशपमा काम गर्दै आएका थिए । बर्षौदेखि आफुले यही क्षेत्रमा काम गर्दै आएकाले आफ्नै रिकण्डीसन शोरुम संचालनमा ल्याएको युवा व्यवसायी पौडेलको भनाई छ । शोरुममा सम्पुर्ण कम्पनीका बाईक, स्कुटरहरु सुपथ मुल्यमा खरिद विक्रि गरिने जानकारी दिदैं उनले भने, ‘पुराना बाईकसंग नयाँ बाईक पनि एक्चेन्ज गरिन्छ ।’
अन्य सोरुममा ४ देखि ४ लाख ५० हजार पर्ने बाईकहरु यस शोरुममा २ देखि २ लाख ५० हजारमै उपलब्ध हुने उनले दाबी गरे ।

यसैबीच शोरुम उद्घाटनको अवसरमा रक्तदान कार्यक्रम गरि २० पोईन्ट रगत समेत संकलन गरिएको उनले जानकारी दिए । नेपाल रेडक्रम सोसाईटी तौलिहवा शाखाको सहयोगमा उक्त रक्तदान कार्यक्रम गरिएको हो ।








