काठमाडौँ ।
काठमाडौंको तारकेश्वर नगरपालिका-८ मा मिनी बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
अन्य ९ जना घाइते भएका छन् । काभ्रेस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ६३६७ बसले सेसमती पुलनजिकै बा ४९ प ७०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सख्त घाइते भएका ५० वर्षीय सप्तरीका गजेन्द्र गुप्ताको उपचारका क्रममा मृत्यु भएको हो ।
बालाजु प्रहरी वृत्तका डीएसपी मनोजजीत कुँवरका अनुसार बुधबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा सख्त घाइते भएका गुप्ताको उपचारको क्रममा ग्रिनसिटी अस्पलाल बसुन्धरामा मृत्यु भएको हो ।
बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको डीएसपी कुँवरले बताए ।








