रुपन्देही ।
मालपोत कार्यालय रुपन्देहीले भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दीभन्दा बढी जग्गा राखेको ठहरसहित जफत गर्ने प्रक्रिया अघि बढाएको छ । उजुरी परेपछि अध्ययन गर्दै जाँदा हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिएकाले जग्गा रोक्का राखेको हो ।
भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीले हदबन्दीभन्दा बढी जग्गा भेटिएको पुष्टि गरे । ‘उजुरी परेको रहेछ, छानविन गर्दा ११ विगाहा राख्न पाउनुपर्नेमा १३ विगाहा राखेको भेटिइसक्यो’ महानिर्देशक सोतीले भने, ‘अरु ठाँउमा पनि जग्गा छ कि भनेर सम्बन्धित निकायबाट खोजविन भइरहेको छ । भेटियो भने थप जग्गा सरकारले जफत गर्नेछ ।’








