काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमित थपिएका छन् । ९४४ वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ ।
आजसम्म आठजना अस्पतालमा भर्ना भएका छन्, तीमध्ये एकजना आइसीयु एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।








