गृहपृष्ठ Featured बुद्धभूमि- ५ का विद्यालयलाई डस्टबिन वितरण

बुद्धभूमि- ५ का विद्यालयलाई डस्टबिन वितरण

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का विद्यालयलाई डस्टबिन वितरण गरिएको छ । शुक्रबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच साइन रेसुङ्गा डेभलपमेन्ट बैंक गोरुसिंगे शाखाले डस्टबिन वितरण गरेको हो । वडाध्यक्ष रोम बहादुर थापा क्षेत्री र शाखाका म्यानेजर सुदिप खनालले संयुक्त रुपमा डस्टविन हस्तान्तरण गरेका हुन् ।

वडा कार्यालयसहित सामुदायिक र मदर्सा गरि ८ विद्यालयलाई डस्टविन वितरण गरेको शाखाका म्यानेजर सुदिप खनालले जानकारी दिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फोहोर व्यवस्थापनका लागि सहयोग होस् भन्ने उद्देश्यसहित डष्टबिन वितरण गरिएको उनले बताए । उनले बाताबरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको बताए ।

सो अवसरमा बोल्दै वडाध्यक्ष थापाले वातावरणलाई सफा र स्वच्छ राख्नका लागि बैंकले गरेको सहयोग उदाहरणीय रहेको भन्दै खुशी व्यक्त गरे ।
उनले विद्यालय क्षेत्रलाई सफा राख्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि बैंकसंग सहकार्य गरेर अघि बढ्न वडा तयार रहेको बताए । वडाले सरसफाईलाई उच्च प्राथमिकताका साथ हेरेको र सोही अनुरुपका योजनासहित आफुले काम गरेको उनले दाबी गरे ।

बढ्दो वातावरण प्रदुषणलाई नियन्त्रण यस्ता सामाजिक कामले महत्वपुर्ण भूमिका खेल्ने उनको भनाई छ ।

वडा सचिव निरज थापा मगरको संचालनमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रध्यानाध्पक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार