गृहपृष्ठ Featured बुटवलका व्यवसायी नेपाल भारतमा भेटिए

बुटवलका व्यवसायी नेपाल भारतमा भेटिए

रुपन्देही ।

शुक्रवार बिहानैदेखि सम्पर्कविहीन बुटवलका व्यवसायी माधव नेपाल गोरखपुरमा सकुशल भेटिएका छन् । नेपाल १२ गते बिहान ६ बजे लु ८६ प १२४८ नम्बरको स्कुटर लिएर घरबाट निस्केपछि सम्पर्कमा थिएनन् । त्यसपछि परिबार र नेपाल प्रहरीले उनको खोजी गरिरहेको थियो ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले हिजो १२ बजे सुनौली नाकामा नेपाल पुगेको र त्यही आधारमा खोज्दै जाँदा गोरखपुरमा भेटिएको बताए।

उनको परिवारसँग सम्पर्क भएको बताइएको छ । गोरखपुरको एक होटलमा उनी भेटिएपछि उनको खोजीमा गएका व्यवसायीले परिवारसँग सम्पर्क गराएका थिए ।

घरमै मोबाइल र गाडी छाडेर स्कुटर लगेर हिँडेका नेपालको स्कुटर सुनौलीमा भेटिएको थियो ।

सम्बन्धित् समाचार