गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको विजयनगरमा छात्रालाई साइकल उपहार

कपिलवस्तुको विजयनगरमा छात्रालाई साइकल उपहार

घनश्याम भर, कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रा विद्यार्थीहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरेको हो ।

मंगलबार गणतन्त्र दिवसको अवसरमा छात्राहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

गाउँपालिकाले शिक्षामा छात्राहरुलाई आकर्षित गर्नका लागि ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान सञ्चालन गरि शिक्षामा जोड दिएको छ । आधारभुत तहपछि छात्राहरूले विद्यालय छोड्ने क्रम रोकिने र उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने उद्धेश्यले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान चलाएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले छात्राहरुलाई शिक्षामा पहुँच पु¥याउनका लागि प्रोत्साहन स्वरुप ४ वर्षदेखि निरन्तर साइकल र शैक्षिक सामग्री वितरण गर्दै आएको बताए ।

उनले यस विद्यार्थीलाई साइकल र शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यालयमा भर्ना दर बढेको बताउँदै विद्यार्थीहरुमा पढ्ने उत्साह बढेको र अभिभावकहरुमा शिक्षाप्रति चेतना बृद्धि भएको बताए ।

सम्बन्धित् समाचार