गृहपृष्ठ Featured बाणगंगाको बैरियामा खुल्यो नबिल बैंकको शाखा

बाणगंगाको बैरियामा खुल्यो नबिल बैंकको शाखा

कपिलवस्तु ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले देशमा आर्थिक मन्दिमा बैंकहरुको सहजीकरणले महत्वपुर्ण टेवा पुग्ने बताएका छन् । जिल्लाको बाणगंगा नगरपालिका १ बैरिया मा नबिल बैँक लिमिटेडको शाखाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नगरको आर्थिक परिचालनमा र समृद्धमा नवीन बैंकले ठुलो भुमिका खेल्ने उनले विश्वास व्यक्त गरे । नागरिकको बचतको सुरक्षा गर्न नगर सधैं लागि परेको बताउदै उनले वितिय संस्थाहरुले पनि ध्यान दिनु पर्ने बताए ।

वडा नम्बर १ का वडा अध्यक्ष सन्जु सारुले बैंकले सेवा सुविधामा गुणस्तर सेवा दिनुपर्ने बताए ।

प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुषालले निजि क्षेत्रमा स्थापित बैंकहरुमा नबिल बैंकको व्यवस्थापन, संस्थागत शुसासनमा अग्रणी स्थानमा रहेको बताए ।

शाखा प्रबन्धक नारायण क्षेत्रीले नेपाल राष्ट्र बैँकबाट ‘क’ बर्गको ईजाजत प्राप्त गरेको यस बैंकले बाणगंगावासीको आवश्यकता र मागलाई मध्यनजर गर्दै शाखा बिस्तार गरेको बताए ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले कोरोनाको बेला ठप्प भएका व्यवसाय पछिलो समय विस्तार भएको बताउदै नबिल बैंक र उद्योग बाणिज्यबीचको सम्बन्ध सदैव सुमधुर राख्न आफु प्रतिवद्ध रहेको बताए ।

उद्योग वाणिज्य संघका नवदत्त घिमिरले बैंकहरुले सेवाग्राहीलाई उचित रिण उपलब्ध गराउनु पर्ने बताए । कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमनाथ पौडेलले अन्य बैकंले दिने सेवा सुविधामा भन्दा यस बैंकले प्रवाह गर्ने सेवा सुविधा उत्कृष्ट हुनुपर्ने बताए ।

शाखा प्रबन्धक नारायण क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सम्पर्क अधिकृत सन्दिप पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन अनिश बन्जाडेले गरेका थिए ।

सम्बन्धित् समाचार