गृहपृष्ठ Featured बर्दियामा पौडी खेल्दा डुबेर १५ वर्षीय किशोरको मृत्यु

बर्दियामा पौडी खेल्दा डुबेर १५ वर्षीय किशोरको मृत्यु

बर्दिया ।

बढैयाताल गाउँपालिका—१ ठूलो डाँफेका १५ वर्षीय किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बिहीबार राति पौडी खेल्ने क्रममा बेपत्ता भएको जानकारी पाउना साथ प्रहरीले खोजी गर्ने क्रममा शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुदीपराज शाहीले डुबेर मृत्यु हुनेमा सोही ठाउँका १५ वर्षीय जनक विक रहेको जनाए ।

प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले विकको शव फेला पारेको उनले जनाए ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार