कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाका दमकलका कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति पुराएको आरोपमा ३ जनालाइ पक्राउ गरी मुद्दा चलाइएको छ।
गत जेठ १४ गते राति करिव ०८ः३० वजे कपिलवस्तु नगरपालिका वडा नं. ८ मैनिहवा गाँउमा सिताारमा कुर्मीको गोठ र कुखुरा फर्ममा भएको आगलागी पछि त्यहा दमकल पुगको थियो। आगो निभाउने क्रममा दमकलको पानी सकिए पछि आक्रोसित भएका स्थानीय युवाहरुले सवारी चालक घनश्याम कुर्मी, फायरम्यान पल्टु यादव र नगर प्रहरी राम कृष्ण यादवलाई कुटपीट गरी दमकलमा तोडफोड गरेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए ।
कपिलवस्तु नगरपालिका ८ दोहनी बस्ने बर्ष २५ को अम्मर चौधरी भन्ने राजेश कुर्मी बस्ने बर्ष ३२ का राम प्रसाद कुर्मी र बर्ष ३८ को शिव पुजारी कुर्मीले दमकल कर्मचारीलाई कटपिट गरी दमलका क्षति पुर्एका थिए ।
दमकलका कर्मचारीले घटनाका दाषीमाथी कारबाही गर्नु पर्ने माग गर्दै नगरपालिकाका लिखित उजुरी दिएका थिए ।
त्यही आधारमा कारबाहीकालागि नगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो । साही आरोपमा ३ जनालाईै पक्राउ गरी अभद्र ब्यवहारको मुद्दा चलाएको छ । सोही मुद्दामा प्रहरीले प्रशासन कार्यालयमा मुद्दा दर्ता गराई ५ दिनको म्याद समेत थपेको छ । दमकलको अघीको सिटा फुटको छ। भने टायरमा समेत क्षति पुगेको छ ।








