वैखरी अनलाईन, बाणगंगा ।
चौथो कपिलवस्तु जिल्ला स्तरीय डोरी तान प्रतियोगिता बाणगंगा नगरपालिकामा हुने भएको छ । संघको आईतबार बसेको बैठकले यस्तो निर्णय गरेको संघका केन्द्रिय सचिव मिनराज बेल्वासेले वैखरीलाई जानकारी दिए ।
कपिलवस्तु जिल्लामा रहेका खेल प्रेमीहरुलाई थप उत्साहित गर्दै प्रोत्साहित गर्न प्रतियोगिता महत्वपुर्ण सावित हुने उनले दाबी गरे । निरन्तर प्रतियोगिता गर्दा खेलाडिहरुको खेल सिप थप विकास हुने उनको भनाई छ ।
आईतबार मात्र तेस्रो जिल्ला स्तरीय डोरी तान प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगिता जिल्ला डोरीतान संघ कपिलवस्तुको आयोजना र महाराजगंज नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो ।
प्रतियोगितामा महिला ४८० किलो तौल समूह तथा पुरुष ६०० किलो तौल समूह दुबै इभेन्ट्को बाणगङ्ग नगरपालिका प्रथम भएको छ । यस्तै पुरुष ६०० किलो तौल समुहमा बिजयनगर गाउँपालिका दोश्रो र बुद्धभुमि नगरपालिका तेस्रो भएको छ ।
महिला ४८० किलो तौल समुहमा बुद्धभूमि नगरपालिका दोश्रो र बिजयनगर गाउँपालिका तेश्रो स्थान भएको छ ।
यसैगरी महितातर्फ पनि बाणगंगा नगरपालिका प्रथम, बुद्धभूमि द्वितीय र विजयनगर गाउँपालिकाले तृतीय स्थान हासिल गरेका छन् । डोरी तान प्रतियोगितामा १०÷१० जना पुरुष र महिलाको सहभागिता रहेको थियो ।
डोरी तान प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने पुरुष तथा महिला दुबै खेलाडी टीमले क्रमशः नगद पुरस्कार १० हजार, ७ हजार, ५ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
उक्त प्रतियोगिताको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री मन्त्री सुरेन्द्रराज आचार्यले बेलुन उडाएर उद्घाटन गरेका थिए ।
नेपाल डोरीतान संघका केन्द्रिय सचिव मिनराज बेल्बासेको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको संचालन कृष्णनगर नगर डोरीतान कमिटीका अध्यक्ष जङ्ग बहादुर शाहीले गरेका हुन् ।
उक्त प्रतियोगितामा महाराजगन्ज नगरप्रमुक अब्दुल कलाम कुसलमान, पुर्वराष्ट्रिय सभा सदस्य दीर्घ नरायण पाण्डे, नेपाल डोरीतान संघ केन्द्रिय सदस्य नवराज खरेल अन्जना पन्त कडेरिया, संघका मधेश प्रदेश अध्यक्ष प्रभु नरायण शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो ।
बिजयी खेलाडीहरुलाई महाराजगंज नगरपालिकाका नगर उपप्रमुख रिता कुर्मीले नगदसहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरेकी थिईन् ।








