गृहपृष्ठ कपिलवस्तु बिशेष चुनावमा बोलेका कुरा ५ बर्षभित्र पुरा गर्छु : मेयर अर्याल

चुनावमा बोलेका कुरा ५ बर्षभित्र पुरा गर्छु : मेयर अर्याल

अशोक पौडेल, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकका मेयर चक्रपाणी अर्यालले चुनावमा बोलेका कुरा आफुले ५ बर्षभित्र पुरा गर्ने बताएका छन । चुनावमा बोलेका कुरा सबै स्मरण रहेको बताउदैँ उनले आफनो कार्यकालभित्रै पुरा गर्ने दाबी गरे । वैखरी मिडिया प्रा.लि.द्धारा संचालित कार्यक्रम बैखरी संवादमा बोल्दै मेयर अर्यालले भने, ‘जनता समक्ष गरेका प्रतिवद्धताहरु विर्सिएको छैन् । प्रतिवद्धता अनुरुपनै कामहरु गरिरहेको छु । ५ बर्षभित्र पुरा गर्छु ।’

उनले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रमको तयारीमा आफुहरु लागेको बताउँदै चालु आर्थिक बर्षमा वित्तिय प्रगति ९० प्रतिशत हासिल हुने गरि काम भईरहेको बताए । नगरको आवश्यकता धेरै रहेको तर स्रोत साधान सिमित हुदाँ विकास निर्माणका काम पुरा गर्न समस्या देखिएको उनको भनाई छ ।

उनले आफ्नो एक बर्षको अवधिमा बजेट कार्यान्वयनको चरणमा केही नयाँ योजना र केही गौरवका आयोजनालाई निरन्तरता दिएको बताए । उनले यस अवधिमा शिक्षा, स्वास्थ्य र कृषिमा परिणाममुखि काम गरेको समेत दाबी गरे ।

उनले बाणगंगाका ७५ प्रतिशत घरघुरीमा खानेपानीको धारा पुगेको बताए । हालसम्म छाडापशुचौपयाको समस्या समाधान गर्न नसकिएको स्वीकार गदै उनले भने, ‘अब पहिलको भन्दा केही मोडल परिवर्तन गरेर अघि बढ्ने सोच बनाएका छौं । विकेन्दित गरेर यो समस्या समाधान हुनेमा आशावादी छौं ।’

गुणस्तरहिन काम गर्नेप्रति नगर कडा रुपमा प्रस्तुत भएको बताउँदै उनले भने, ‘कहीकतै त्यस्तो भएको भन्ने थाहा पाउने वित्तिकै उनीहरुको धरौटीबाट फेरी काम गराईएको छ ।’

सम्बन्धित् समाचार