गृहपृष्ठ Featured कपिलवस्तुको बालाजी सिमेन्ट भारत निर्यात हुन सुरु

कपिलवस्तुको बालाजी सिमेन्ट भारत निर्यात हुन सुरु

 कपिलवस्तु ।

कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रा.लि.ले आफ्ना उत्पादन भारत निर्यात सुरु गरेको छ ।

बालाजी सिमेन्ट इण्डस्ट्रिजबाट उत्पादित बहुबलि तथा श्रृष्टी ब्राण्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर बिभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरे संगै भारत निर्यात सुरु गरिएको उध्योगका संस्थापक ऋषिकेश अग्रवालले बताउनु भयो ।

पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक इन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात सुरु गरेको अग्रवालले बताउनुभयो । कपिलबस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो ।

भारत सरकारको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स ९बिआईएस०ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएलगत्तै बालाजी सिमेन्टका उत्पादन बहुबली र श्रृष्टीकोको भारततर्फ निर्यात अघि बढेको हो । कपिलबस्तु जिल्लाबाट भारतमा सिमेन्ट निर्यात पहिलो पटक भएको उहाको भनाइ थियो ।

विस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताउनु भयो ।

सम्बन्धित् समाचार