गृहपृष्ठ Featured स्ववियू सिद्धार्थ क्याम्पसद्धारा क्याम्पस परिसरमा सरसफाई

स्ववियू सिद्धार्थ क्याम्पसद्धारा क्याम्पस परिसरमा सरसफाई

वैखरी अनलाईन, बाणगंगा ।

जिल्लाको बाणगंगा नगरपालिका- १ मा अवस्थित स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ सिद्धार्थ क्याम्पसले “म सफा गर्छु, मेरो क्याम्पस” अभियान सुरु गरेको छ । विहिबार सो अभियानको सुरुवात गर्दै क्याम्पस परिसरमा सरसफाई गरिएको छ । उचित पठनपाठनको वातावरण सिर्जना गर्न स्वच्छ वातावरण पनि आवश्यक पर्ने भएकाले अभियान सुरु गरिएको स्ववियू सभापति निलकमल थारुले वैखरीलाई बताए ।

उनले बढ्दो प्रदुषणलाई कम गर्न यस्ता अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

स्वच्छ वातारणमा अध्ययन गर्न पाउनुपर्ने विधार्थीको अधिकार भएकाले उक्त अधिकारको प्रत्याभूति दिलाउन अभियान सुरु गरिएको स्ववियू सचिव पशुपति गिरीको भनाई छ ।

स्ववियु सभापति निलकमल थारू, उपाध्यक्ष अस्मिता भुसाल, सचिव पशुपति गिरी, सह सचिव अम्रिता खनाल, सदस्यहरु प्रदिप भट्टराई, तिलक कंडेल, रोशन क्षेत्री लगायत करिब ५० विद्यार्थीहरुको उपस्थितमा क्याम्पसको सरसफाई अभिायनको सुरुवात गरिएको हो ।

सम्बन्धित् समाचार