गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञमा सुशान्त वैदिक नियुक्त

लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञमा सुशान्त वैदिक नियुक्त

दाङ ।

लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञमा सुशान्त वैदिक नियुक्त भएका छन्। प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विज्ञका रुपमा वैदिकलाई नियुक्त गरेका हुन्।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम उनलाई नियुक्त गरिएको हो। तुलसीपुर उपमहानगरपालिका-६ निवासी वैदिकले ‘लण्डन स्कुल अफ इकोनमिक्स एण्ड पोलिटिकल साइन्स’बाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

उनीसँग लन्डनकै एक आर्थिक संस्थामा अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव छ। उनले मन्त्रालयमा वित्तिय नीति, योजना तर्जुमा, योजना प्रभावकारिता, प्रदेशस्तरीय आर्थिक अवस्था र आवश्यकताका बारेमा परामर्श दिएका थिए।

उनले सचिवसरह सुविधा पाउनेछन्।

सम्बन्धित् समाचार