गृहपृष्ठ Featured महिला स्वयमसेवीकाका लागि १० दिने आधारभुत तालिम

महिला स्वयमसेवीकाका लागि १० दिने आधारभुत तालिम

कपिलवस्तु ।

कपिलवस्तुको मायादेबी गाउपालिकाको पकडी स्वास्थ्य चौकीमा महिला सामुदायिक स्वाथ्य स्वयमसेविकाकाहरुका लागि १० दिने आधारभुत तालिम सुरु भएको छ । मायादेबी गाउपालिकाको स्वाथ्य शाखाद्धारा आयोजित तालिममा गाउपालिका भित्र रहेका महिला स्वयसेविकाहरुलाई आधरभुत कुराहरु सिकाईने छ ।

स्वास्थय शाखा प्रमुख महेन्द्र यादवले १० दिन सम्म महिला स्वयमसेविकालाई खोप स्वास्थय सेवा, कार्यक्रम, आमा समुह, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व पोषण, रोगहरु लगायतका बिषयमा जानकारी गराईने छ । आफुहरुले पालिका भित्र रहेको महिला स्वयमसेविकाहरुलाई सशक्त बनाउन तालिको आयोजना गरिएको बताए ।

उनले महिला स्वयमसेविकाहरुल इमान्दारीपुवर्क काम गरी स्वास्थ्य कार्यक्रमहरुलाईै सफल बनाउनु पर्ने बताए । तालिममा सिनियर अहेब रन कुमार श्रेष्ठ, सिनियर अनमि अनिता कुमारी यादवले सहजीकरण गरेका छन । तालिममा ३० बढी महिला स्वयमसेविका सहभागी छन् ।

सम्बन्धित् समाचार