गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाको बजेट आज प्रस्तुत हुदैं

बाणगंगा नगरपालिकाको बजेट आज प्रस्तुत हुदैं

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाको बजेट आज प्रस्तुत हुदैछ । बाणगंगा नगरपालिका- ४ स्थित पिस हिमालयन रिर्सोटमा बजेट सार्वजनिक गर्ने तयारी पुरा भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताए ।

हिजो सम्पन्न कार्यापालिका बैठकले आगामी आर्थिक बर्षको निति तथा बजेटसहित विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र शिक्षा नियमावली संशोधनका विषयमा निर्णय गरि १४ औं नगरसभामा पेश गर्ने निष्कर्ष निकालेको थियो ।

बाणगंगा नगरपालिकाले गत असार २ गते नै निति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । उनले सोही निति तथा कार्यक्रमलाई टेकेर बजेट प्रस्तुत हुने र असारको तेस्रो साता नै सार्वजनिकिकरण गर्ने तयारी रहेको जानकारी दिए ।

सम्बन्धित् समाचार