काठमाडौं ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल दिउँसो १२:४५ बाट सुरु हुँदैछ ।
नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल पराजित भएको थियो । नेपाल सुपर सिक्समा पुग्न आज नेदरल्यान्ड्सलाई हराउनु पर्ने दबाब छ। आज हारेमा समूह चरणबाटै बाहिरिने सम्भावना छ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले हारेको थियो भने र दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १०१ रनको फराकिलो हार व्येहोरेको थियो।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान) कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी र अर्जुन साउद ।








