गृहपृष्ठ कला/साहित्य ” धमिलो प्रेम ” – कथा

” धमिलो प्रेम ” – कथा

प्रकाशित मिति:

 

“सुसिल छे ! ईमान्दार जस्तै देखिन्छे ! सायद तँलाई राम्रैसंग माया दिन्छे ! एकपटक त हेर ! फोटो पनि साथमा नै छ ! नभए उस्को नाम टाईप गरेर फेसबुकमा पनि हेर ! धेरै राम्री छे ! अझै कति यसरी हल्लिदै हिंड्छस् ? अब तँलाई बाँधेर राख्ने बुहारी नभित्राएसम्म चैन आउदैन हामीलाई !” बा ले भन्दैहुनुहुन्थ्यो !

मनमनै गाली गर्दै थिएँ ” यि बा ले बिहे नगरी सुख नदिने भए ! जहिले केटीका कुरा गरेका छन् ! यो राम्री उ राम्री ! ”

नभनुन् पनि कसरी ? संगै खेलेका संगै हुर्केका केटाहरुले बिहे गरेर छोरा छोरी समेत खेलाउन लागीसके ! साथीलाई भेट्न उस्को घर जाँदा पनि छोरोले “अंकल तपाईको बिहे भएको छैन ? ” भन्दै सोँध्छन् ! जवाफ दिनु त मन लाग्थ्यो ” बुबा यति छिट्टै बर्बाद भैसके मलाई बर्बाद गराउन तँ पनि आतुर छस् ? ” तर त्यसो भन्ने आँट आउने थिएन ! किनकी त्यहाँ त साथी हाँस्ला एकान्तमा कान निमोठ्ने त त्यहि साथी नै हो !

म बा लाई म अहिले बिहे गर्ने मुडमा छैन ! भन्दै घरबाट निस्कन लाग्दै थिए !

” यसै गरेर कति हल्लिन्छस् ? आमा रोगी छे ! मेरो पनि अब कति आश राख्छस् ? यसो सघाउन त कता हो कता ! बुहारी ल्याईदिए त हलुका हुन्थ्यो आमालाई ! ”

आकास धमिलीदै थियो ! सायद पानी पर्छ क्यारे ! बाटोमा सोँच्दै थिएँ ! कति सजिलो हुन्छ ! बा लाई बिहे गर् ! यतिका सर्टिफिकेट जम्मापारेर गरेर बोकेर हिड्दा पनि जागीर को मेलो मेसो कतै छैन ! सरकार सुत्दैछ ! बेरोजगारी भएरै बिहे गरेँ भने के हाल हुन्छ होला ? श्रीमतीलाई एउटा लिपीस्टिक उपहार दिन पनी बा लाई नै गुहार्नपर्ने स्थिती भयो भने मेरो हालत के होला ? मलाई एक जनाको खर्चको कुरा गर्दा त बुढा बेहोस् नै हुन्छन् कि जस्तो गर्छन् फेरी श्रिमतीको लागी पनि खर्च सुनाउदा त .. ! मै सोँचमग्न हुन्छु !

लिपीस्टिक मात्रै दलेर पनि त कहाँ होला र ? अझै फेसन् फेसन् का कपडा चाहिने , के के हुन् मुहार मा दल्नुपर्ने ! हैट ! सोँच्दा सोँच्दै कता पुगिएछ !

असत्तीहरु कति आईलाग्छन् ! बा लाई भड्काउन ! बरु मलाई आफै कुरा गर्नु नि ! आएका छन् बा लाई कानमा हावा फुकेका छन् ! केटी राम्री होस् नहोस् ! तारीफका शब्दहरु घोलेका छन् ! फोटोसपले टल्काईएका फोटाहरु बोकेका छन् ! झुठा तारीफहरु गर्दै जालमा फसाएका छन् !

फोटो हेरेर चरित्र कसरी पत्ता लगाउनु र खै ? हुन त अल्लि पहिलेका मान्छेहरुले एक नजरमा नै बिहे गर्थे ! अहिले कसरी मिल्ला र खै ? त्यसैमा बा उहि पुरानै तबरमा हुनुहुन्छ !

हल्का पानी पर्ला जस्तै गर्यो ! रिसको झोंकमा छाता लिएर हिड्न बिर्सेछु ! रिसले आफैलाई बर्बाद गराउछ भन्छन् साँचो रहेछ ! रिसले हत्यारा लुटेरा सबै चिज गराउछ ! बडो खतरनाक हुन्छ रिस् !

पानी अलिक बेजोड् पर्दै थियो ! बेला बेला चट्यांग को आवाजले मन लाई त्रासपुर्ण बनाईरहेको थियो ! हल्का हल्का भिजाउन शुरु गर्यो शरिर ! अब चैँ साँच्चिकै ग्लानी हुन लाग्यो छाताको ! त्यै पनि रिसलाई मारेर धेरै ग्लानी गर्न तर्फ लागेन ! बढ्दै गए पाईलाहरु .. शरिरलाई भिजाउन छोडेको छैन बर्षादले !

हिड्दै हिड्दै रोडसम्म पुगेँ ! बाटो क्रस गर्नै लाग्दा एकजना केटीले ” तपाई त साह्रै भिज्नुभएछ नि ! आउनुहोस् यहि छाता ओडौँ ! ”

केहि बोल्नै सकेन ! म असजिलो महसुस गर्दै छाता को ओतमा टाउको मात्रै अटाउने गरेर घुसेँ !

– ” कता जान लाग्नुभएको ? ”

ओह ! दाधार परेँ ! कता भनौँ ? मैले त बा को कचकच सुन्न नसकेर यत्तिकै पो हिडीरहेको मान्छे ! के जवाफ दिनु ?

– ” यहिँ अलि पर सम्म !”

– ” बिहानै देखी पानी पर्ने संकेत देखाईदिएको थियो त आकासले किन छाता नबोकी हिड्नुभएको ?”

अक्कमक्क परेँ !

– ” थोरै बेर मा फर्किन्छु होला सोँचिराथेँ ! ठुलै पानी पर्यो ! ”

– ” अनि तपाईको नाम ? ”

– ” भुपी ”

– ” आहा ! साहित्यकार नै पो हो कि ? ” भन्दै उ हाँस्न लागी !

मैले त्यो हाँसोमा आफैलाई होँचो ठाँने ! मलाई गिज्यायो त्यो हाँसोले ! हुन त उ मलाई गिज्याएर नै हाँस्दै थिई ! स्वभाब नै हो मान्छेको ! आफुलाई होईन अर्कैलाई गिज्याओस् ताकी सँगै मन खुलेर हाँस्न सकुँ ! तर त्यसो हुन सकेन !

हाँसो बडो गजबको थियो ! गिज्याएको थाहा हुँदा हुँदै पनी सँगसँगै हाँसिदीएँ ! एकै छिन् रोकिन्छे फेरी सायद त्यहि सोँच्दिहो .. फेरी हाँस्छे !

– ” कति मिठो हाँसो ! ”

हाँस्न रोक्नु बेर सोधीहालेँ !

– ” हाँस्नु स्वास्थ्यको लागी फाईदाजनक् हुन्छ रेन्त !”

– ” यसरी अरुलाई उल्लाएर हाँस्नु हानीकारक पनि त हुन्छ रेन्त !”

उसैको स्टाईलमा बोलिदीएँ !

फेरी म नै बोलेँ !

– मेरो नाम भुपेन्द्र हो ! मैले सर्टकर्ट मा भुपी भनेको पो त ! ”

– ” अनि के गर्नुहुन्छ त ? ”

अब फेरी अर्को आपत ! के गर्छु भन्ने ? न जागीर छ ! साना काम आफैलाई मन नपर्ने ठुलो कामलाई आफ्नो औकातले नभेट्ने !

– ” अहिले जवलेस् छु !”

– ” लौ हेर तपाई पनि मेरै ग्रुपमा पर्नुभयो ! ”

थोरै रोमान्टिक हुँदै बोलेँ !

– ” म केटो हो हौ ! कहाँ केटीको ग्रुपमा लिएर पेलीदिएको ? जबर्जस्ती छ कि क्याहो ? मलाई केटी बन्नु छैन मेरै ठाँउमा ठिक छु ! ”

भन्दै म हाँस्न लागेँ ! उ पनि हाँसीदिई ! यो हाँसोले अलिकती लोभ्यायो मलाई ! हाँसो सँगै अनुहार नियाल्ने मौका पनि पाएँ !

टेलिफोन् को तारजस्तै घुमाउरो केश ! केशका केहि भागले आधा आँखा सम्म छोपीएको थियो ! आँखामा गाजल ! त्यती धेरै शृंगार गर्नु नपर्ने भएरै होला सायद ! मेकअप खासै देखिन ! हाँस्दा डिम्पलसँगै चलाएमान् गालाहरु ! आहा ! खुबै सुन्दर देखिएको थियो ! रातो सुट लगाएकी साईड ब्याग पनी रातो नै थियो !

पानी संगसंगै हाँसो पनी रोकियो ! मैले भने भुसुक्कै बिर्सेछु !

– ” तिम्रो नाम के हो ? ”

– ” कति छिट्टै सोध्नुभएको ? अझै केहि बाटो बाँकि छ !”

फेरी हाँस्न लागी ! म आफुलाई गिज्याएर हाँस्दा साह्रै नमज्जा लाग्थ्यो !

मान्छेको स्वभाव नै हो ! अरुलाई उल्लाउँदै हाँस्न पाए आन्द्रा बाहिर निस्किएको पनि थाहा हुँदैन ! आफुलाई उल्लाउँदा साह्रै चित्त दुखाउँछ ! जस्तै म !

– ” मेरो नाम नै खोज्नुभएको ? ”

– ” अनि के मैले खानाको नाम सोधेको छु त ? ”

म पनि मजाकमा नै बोलिदिएँ !

– ” होईन होईन , तपाई भिज्नुभएको छ नि त्यसैले भोक लागेको पनि हुन सक्छ ! ”

– ” कुरा जोड्न त कोहि तिमी बाटै सिकोस् ! ”

– ” भुपी जि ! तपाई त साँच्चीकै ज्योतीष पनी हो कि क्याहो ? ”

फेरी हाँस्न थाली !

– ” हिंग नभए पनी हिंग बाँधेको टालो त पक्कै हो ! ”

– ” अरे वा ! नाम पनि आफै पत्ता लगाउनुहोस् ! ”

– ” नाम मात्रै होईन सबै चिज बताउन सक्थेँ ! तर अहिले खोई पात्रो पो लिन बिर्सेछु ! ”

अब चै ! उ अल्लि जोडले हाँस्न लागी ! लाग्यो अरुले उल्लाएको भन्दा आफै उल्लु भएको नाटक गर्दा उस्को हाँसो फस्टाउने रहेछ !

सुन्दरता भरिपुर्ण त मैले हाँसोमा मात्रै देखेँ ! हुन त मुस्कान भएको अनुहार मेक अप गरेको अनुहार भन्दा कयौँ गुना राम्रो देखिन्छ !

हाँसो रोकेर एकैछिन् सन्नाटा छायो !

– ” मेरो नाम सम्झना ! ” 

– ” यति नाम भन्न पनि यति सोँच्नुपर्ने ? ” 

– ” केटि हुँ ! अलिकती केहि भाउ त खान्छु नै ! ” 

– ” तर मैले सोँचेको भन्दा त छिट्टै नाम सुन्न पाएँ ! ” 

– ” अँ .. तपाईलाई कति अल्झाउनु भनेर नि ! ” 

– ” घर कता ? ” 

– ” सबै कुरा एकै पटक सोध्नु पर्छ र ? ” 

– ” के थाहा फेरी पनि भेटघाट हुने मौका नै पो मिल्छ कि ? ” 

– ” सधैभरि त्यहि बाटो क्रस् गर्ने ठाँउमा नै पनि त नपर्ला कि ? ” 

– ” त्यहि आएर कुर्दै गर्दा एक दिन त बर्षन्छ कि बर्षा ? ” 

– ” त्यहिँ बाटो क्रस् गर्ने ठाँउमा मेरै लागी भनेर कुर्नुहुन्छ होला कि ? ” 

– ” कुरेँ भने त एक दिन अवस्य भेट हुन्छ होला नि है ? ” 

कुरै कुरा मा साथी को घर नजिकै पुगिएछ ! म छुट्टिनु पर्ने भयो ! 

उस्लाई हात हल्लाएर बिदा गरिदीएँ ! केहि उत्सुकता मनमा पनि जागिरह्यो ! कतै फेरि भेट्न पो सक्छु कि ? आहै ! उस्को मुस्कान् .. उस्को मजाक गर्ने शैली ले मेरो मनमा ढ्यांग्रो पिटीरहेको थियो ! कति अचम्मको मन , एक पटकमा नै यतिका उथल पुथल गराउन सक्ने ! साँच्चिकै सम्झनाले भने सम्झन लायक बनाएरै छुट्टिएकि थिई !

म सधै त्यहि बाटो क्रस् गर्ने ठाउमा गएरै बस्न लागेँ ! उस्का मुस्कानले मलाई त्यतै कुदाईरह्यो म कुदिरहेँ !

फेरि अचानक हाम्रो भेट त्यहि ठाँउमा नै भयो ! स्पस्ट खुल्ला थियो आकास् ! पानिको संकेत थिएन कतै ! बादल लुकिरहेका थिए ! उसले मलाई नचिनेको जस्तै गरि ! मैले भने कोट्याउन लागेँ !

– हाई , सम्झना !

– ओ हल्लो ! तपाई त आज यहिँ भेटिनुभयो ! तर आज चैँ पानि परिराछैन ! छाता छैन है म सँग , भन्दिराछु ! ”

हाँस्न लागी उ !

– बास्तब् मा मैले छाताको रहरले होईन मुस्कान् को अदा ले च्यापेर यहाँ कुरिरहेको छु !

– हम्म् मलाई नै कुरिरहनुभएको ? हाउ लक्कि म !

मैले केहि बेर कुरा गरेर कफि पिउनको लागि आह्वान् गरेँ ! सम्झना पनि मन्जुर नै भई ! केहि बेरको कफि कुराकानी बाट मैले उसको फोन् नम्बर पनि लिएँ ! र उसलाई पनि नम्बर दिएँ ! केहि बेर पछी छुट्टियौ हामी !

अब शुरु हुन लाग्यो मिसकल को बर्षाद ! कहिले उसैले गर्छे कहिले मैले पनि ! कहिलेकाहीँ कुरा पनि हुन्थ्यो ! एसएमएस् ओहोर दोहोर हुन लाग्यो ! हामी प्राय फोनमा भन्दा म्यासेजमा नै भुल्न थाल्यौँ !

कहिलेकाँही मजाकैमा बोलिदीन्थेँ ” तिमीलाई यो मनको रानी बनाउन पाए ? ” उ पनि मजाकमा नै बोलिदीन्थी ” बनाउनु न म पनि त तयार नै छु ! ” भन्दै हाँस्थी उ र सँगसँगै मेरो अनुहारमा पनि हाँसो छरिदीन्थी !

कुरा हुदै गयो ! म भने उसलाई मन पराउथेँ तर उस्ले पो के गर्छे ? बुझ्नै नसकिने ! प्राय मजाक नै गरिदीन्थी !

उत्सुकताहरुलाई पन्छाउदै मैले एकदिन आँट गरेरै उस्लाई साँच्चीकै मन पराउने कुराहरु म्यासेज मार्फत दर्साईदिएँ ! तर त्यस् पछी उस्ले म्यासेज नै गरिन !

परेँ दोधार ! म आफैलाई सराप्न लागेँ ! ” बेबकुफ .. यति राम्रो सम्बन्धलाई तैँले आत्महत्या गराउन बाध्य बनाईस् ? के लाग्छ तँलाई प्रेम ? के तैँले बोलेको “लभ यू ” शब्द मात्रै हो ? तलाई समय समयमा कल गर्नु , हरेक कुरामा हँसाउन खोज्नु ! प्रत्यक कुराहरु शेयर गर्नु ! तिनी कुराहरु पनि त ” लभ यू शब्दभन्दा मिठो हुन्छ ! तैँले शब्दलाई मात्रै प्रेम गरिस् ? तैँले बुझिस् प्रेमको अर्थ ? बेबकुफी काम गरिस् ! तैँले शब्दलाई मात्र प्रेम गरिस् ! ”

ओह ! यहि त सोँच्दै रहेँ .. सोँचीमात्रै रहेँ !

अर्को दिन बिहान मोबाईल हेरेँ ! साह्रै खुशी भयो मन् ! यस्तो लाग्थ्यो कि मैले सँसार पुरै गर्लम्मै अंगाल्न सक्छु खुशीले ! मोबाईलमा म्यासेज थियो ! जुन सम्झनाले पठाएकी थिई ! ” पागल मैले पनि मन पराउँछु तपाईलाई ! ” होस् हराएको मान्छे जस्तै मैले पनि कोठा बन्द गरेर एक्लै उफ्रिएँ !

भोकाएको मान्छेलाई खिर पाएजस्तो ! मन नै दंग परिरहेको थियो ! मुहार आफैलाई चम्किलो लाग्दैथियो ! हाम्रो सम्बन्ध अपरिचीत .. परिचीत .. आत्मिय हुँदै प्रेमी प्रेमीका सम्म पुगिसक्यो ! बडो रोमान्टिक कुराहरु हुन लागे ! हामि चैँ फोनसम्पर्क , म्यासेज हुँदै भेटघाटमा परिवर्तित हुन लाग्यौँ !

कति नौलो लाग्छन् तिनै ठाँउहरु साथै काँधमा टाउको टेकाउने मान्छे हुन्छ ! सधै हेरिरहने त्यहि ठाँउ .. देख्दा दिक्क लागीरहने चिजहरु ! जब उ सँगसँगै रहन्छु त त्यहि ठाँउहरु त्यहि चिजहरु नौलो लाग्छ ! अनौठो लाग्छ !

साना साना खुशीहरु बटुल्दै , साथहरुलाई समेट्दै हिडेँ ! धनिहरुको लिस्टमा पर्न नसकेको करोडपती भएँ म !

हाम्रो सम्बन्ध प्राय फोन वार्तालाप , फेसबुक च्याट र अक्कलझुक्कल भेटहरु ! तर ति हर्कतहरुले पनि मन मा अनौठो तरंग फैलाईदिन्थ्यो !

आत्मिय बन्दै गयो सम्बन्ध ! उस्का कतिपय कुराहरुमा आफैलाई भेट्थेँ ! मजाकमा आफुलाई भेटेपनी हाँस्नु चैँ छोडेन मैले पनी !

हाम्रो सम्बन्ध नै अरु के थियो र ? फोनमा कुराकानी र फेस्बुकका वालमा रहेका फोटामा ओहोरदोहोर भईरहने लाईक बटन ! र फेसबुकका च्याट् हरु ! आखिर सम्बन्ध नै त्यसैले अडाउनमा मद्दत गरिरहेको थियो !

एकदिन उस्को फेसबुक प्रोफाईल हेर्दै गर्दा अचानक मैले उ सँग जोडिएर खिचीएको फोटो ट्याग भएको देखेँ ! ओह ! मन त कुँडिन पो थाल्यो ! र लेखेको थियो क्याप्सन् मा ” तिम्रो मुस्कान् मै फिदा भएँ म ! ”

ओह ! मन शंका आशंकामा उथलपुथल हुन लाग्यो ! त्यो फोटो ट्याग गर्ने मान्छेको प्रोफाईल पनि हेरेँ ! उस्का फोटाहरुमा पनि “angry रियाक्ट ” हान्दिएँ ! मनले मानेन ! सम्झना लाई म्यासेज पनि गरिहेरेँ !

शंका बडो खतरा चिज रहेछ ! केहि बेर अगाडीको सम्बन्धलाई पनि धमिलाउन सक्ने ! मन यति कठोर बनाईदिन सक्ने ! शंकाले लंका जलाउछ भन्छन् सायद ठिकै रहेछ ! मेरो मन सम्हालिनसक्नु तरिकाले रिस् ले चट्टान् भएको थियो !

उस्को म्यासेज आयो ! ” ए त्यो ! त्यो त मेरो साथी पो हो त ! ”

तर अहँ मेरो मनले त्यो पनि स्विकार गरेन ! मैले उस्लाई मुखभरीको अटाउन सक्ने गाली गरेँ ! उस्लाई एउटा आरोप पनि लगाएँ ” सयौँ ठाउमा मायाको जाल बुन्दै हिँड्ने जाली ” उस्लाई यो कुरा असैह्य भएछ क्यारे ! मलाई फेसबुक बाट ब्लक लिस्टमा राखीदिई !

अब पर्यो दोधार ! सानो कुरा थियो ! मैले त्यो कुरामा सुधार होला भनेर उस्लाई सम्झाउन खोजेँ ! तर मेरो सम्झाउने तरिका नै गलत रह्यो ! मैले फोन् गरेँ फोन् पनि उठेन !

हो गल्ति मेरै थियो ! म संग शब्दहरु तौल गर्ने तराजु थिएन ! जति आउछ शब्दहरु सबै हुत्याईदिएँ ! तर एउटा कुरा मैले रिसमा जहिले भुलिरहेँ ! शब्दको बाणले कुच्चिएको मन कहिल्यै फर्कदैन ! किनकी शब्दलेनै हो मन पिरोल्ने , खुम्च्याउने , टुटाउने , फुटाउने ! अक्सर मान्छेहरु आबेगमा बिभीन्न तरहका गाली ग्लौज गर्छन् तर फुर्सदमा पछुताउनुपर्ने त आफै हो !

अर्को कुरा ! आजकलको सम्बन्धहरु यस्तै , फेसबुक च्याटहरु र फोन सम्पर्कमा मात्रै अडिएको छ ! जब जब फेसबुक लिस्टबाट ब्लक लिस्ट मा जान्छन् अनि मोबाईल नम्बरहरु परिवर्तन् हुन्छन् त्यतिबेलै सम्बन्धको समाप्त हुन्छ ! सम्बन्ध पनि परिवर्तित हुन्छ !

त्यसैले यति कमजोर सम्बन्ध पनि नबनाउनुहोस् ! रिस को आबेगमा मनपरी बोल्ने काम पनि नगरौँ ! र धेरै शंका पनि नगरौँ ! ??

NARAYANPOKHREL.OVER-BLOG.COM  बाट  सांभार  गरिएको हो ! नारायण पोख्रेल  जी का कैयौ कृति हरु यो ब्लग  मा  पढ़न पाउनुहुनेछ !!

सम्बन्धित् समाचार