गृहपृष्ठ खबर नेतृत्व बिकास तथा उद्घोषण तालिम सम्पन्न

नेतृत्व बिकास तथा उद्घोषण तालिम सम्पन्न

प्रकाशित मिति:

साझापत्र मल्टिमिडिया प्रा.लि.को आयोजनामा सञ्चालित ५ दिने नेतृत्व बिकास तथा उद्घोषण तालिमको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ । लक्षित वर्गको कार्यक्रम अन्र्तगत जनप्रतिनिधिहरुको लागि सञ्चालन गरीएको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै गैडहवा गाँउपालिका प्रमुख बच्चुलाल केवटले तालिमलाई तालिममा मात्र सिमित नराख्न अनुरोध गरेका थिए । तालिम बाट सिकेको सिपलाई ब्यवहारमा लागू गर्न सके मात्र तालिमको औचित्य सावित हुने उनको भनाई थियो ।गाउँपालिकाले आयोजना गरेका लक्षित वर्गका तालिम बाट उपलब्धी नभएको भन्ने गुनासो धेरै आएको बताउदै यसलाई ब्यवहारमा लागु गरेर उदाहरणिय बन्न आग्रह गरेका थिए । अब आउने आर्थिक बर्ष देखि गाउँपालिकाले बिशेष गरि बेरोजगार युवा युवती लाई लक्षित गरि कार्यक्रम ल्याउने गाँउपालिका प्रमुख केवटले बताए ।कार्यक्रममा बोल्दै प्रा.लि.का सञ्चालक तथा कार्यक्रमका संयोजक नविन घिमिरेले यो नेतृत्व बिकास तथा उद्घोषण तालिमबाट प्रमाण–पत्र प्राप्ती गर्ने मात्र नभएर यसले तपाईको ब्यवहारमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए । गैडहवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष रामबेलास यादव, गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा , नबिन घिमिरे, भुवन जि.सी. मोहम्मद खलिल, रिना धवल , मनोज कुमार मण्डल, सरिता कुमारी हरिजन लगाएतले बोलेका थिए । उक्त तालिममा स्थथानिय जनप्रतिनिधि, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि तथा कर्मचारी गरि २५ जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार