गृहपृष्ठ मनोरञ्जन सुवास अगमको पहिलो गजल एल्बम “गजल को सुवास” सार्वजनिक

सुवास अगमको पहिलो गजल एल्बम “गजल को सुवास” सार्वजनिक

प्रकाशित मिति:

सुसिल सापकोटा ,वैखरी जेष्ठ ३०

गजल गायक सुवास अगमको पहिलो गजल एल्बम “गजल को सुवास” सार्वजनिक भएको छ । देश र बिदेशमा समेत LIVE अर्थात प्रत्यक्ष साज बाजका साथमा भावमा डुबेर अरुलाई पनि भाव तरन्ङ्गमा डुबाएर गजल गाउन प्रख्यात सुवास अगम यस्ता गायक हुन जस्को एउटा एल्बम पनि ननिस्किदै  सयौं “गजल गायन” कार्यक्रममा प्रस्तुत भई सकेका छन । प्रत्यक्ष नै मन्च वा महेफिलमा गायन बैचित्र्य प्रस्तुत गरेर वाहवाही बटुल्न सिपालु सुवास अगमको ७ वटा गजल यस सङ्ग्रह मा समावेश गरिएको छ । कारीब २०० भन्दा बढी गजल संगीत गरेर गायन प्रस्तुत गरिसकेका सुवास को लाईभ रेकर्डहरु भने सबै जसो रेडियो का गजल कार्यक्रम हरुले बजाउने गर्छन् । २००७ मा रेडियो नेपाल बाट आधुनिक गीत तर्फ स्वर परीक्षा पास गरे पश्चात रेडियो नेपालमा नै रेकर्ड भएको “म हारे रुपमा तिम्रो” भन्ने देवी नेपालको गजल सुवासको पहिलो रेकर्डेड गजल हो । भारतिय गायक जगजीत सिंह बाट प्रभाबित सुवासले जगजीतले झैँ आँफुले गाउँने गजल आफुले नै संगीत गर्ने गर्दछन । नेपाली गजल लाई उठाउन को निम्ती गजल मात्रै गाउने एक समर्पित गायक भए मात्र गजलको एक अलग प्रवृती बिकास हुने कुरा मा विश्वाश गर्ने भएकाले सुवासले गजल मात्र गाउने गरेका छन । हाल “गजल एण्ड सुफी नाइट” नामक गजल र सुफी अध्यात्मिक – दार्शनिक गजलको कार्यक्रम मार्फत देशका बिभिन्न शहर मा कार्यक्रम पनि गर्दै आएका छन । “दिव्य गजल” नाम दिएर दार्शनिक गजलको नयाँ शैलीको सुरुवात पनि गरेका अगम आँफै ले त्यस्ता गजल लेख्ने गर्दछन । उनका अनुसार ईस्लाम बाट आएको “सुफी” संगीत परम्परा नै नयाँ ढाचामा “दिव्य गजल” भनेर गजल मा भित्र्याईएको हो । नेपाली गजल गायन परम्परामा फरक धार बनाउन सफल अगम को नयाँ गजल एल्बम मा डा. घनश्याम परिश्रमी, शेखर अस्तित्व, शान्ताम श्री, अनिता भण्डारी पौडेल, काली प्रशाद रिजाल, सरु काली र देवी नेपाल द्वारा लिखित गजल सङ्ग्रहित छन । गजलको क्षेत्रमा नयाँ सुवास छर्न यो गजल एल्बम सफल होस् । शुभकामना ।

हेरौ केही भिडियोहरु

सम्बन्धित् समाचार