आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने वैठकमा बजेट प्रस्तुत गर्नेछन् ।मन्त्रालय स्रोतका अनुसार करिब ३० अर्ब रुपैयाँ हाराहारीको बजेट आउँदैछ । प्रदेश ५ सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।आज प्रस्तुत हुने बजेटमा संघीय सरकारबाट प्राप्त समानीकरण, समपूरक, सशर्त अनुदान, स्थानीय स्रोत परिचालनबाट प्राप्त हुने रकम र चालु वर्षको बाँकी रकमलगायतका शीर्षकबाट बजेट निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ को बजेट आकार ३० अर्ब
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैवाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो
४ घण्टा अघि
अर्नब चक्रवातको प्रभाव हट्यो, आजदेखि मौसममा सुधार
१९ घण्टा अघि








