चार वर्षमा आउने फुटबलप्रेमीहरुको चाड विश्वकप प्रतियोगिताले यहाँको माहोल बिस्तारै तताएको छ । राष्ट्रिय टिमका स्ट्राईकर बिमल घर्तीमगरसहित अहिलेको उमेर समुहमा धेरै खेलाडी उत्पादन गरेको रुपन्देहीमा विश्वकपले यसपाली पनि रौनक जगाउन लागेको खेलप्रेमीहरु बताउछन । ईन्टर स्र्पोट्स क्लब लक्ष्मीनगरका होम बहादुर क्षेत्री साथीभाईहरुसंग यसपालीको विश्वकपको उद्घाटन खेल आम्रपाली कटेजमा हेर्ने सोचमा छन । साथीभाईसंगै बसेर विश्वकपको मज्जालिने तयारी गरेको उनले बताए । यता फुटवलका फयान ग्रुप बनाएर प्रत्येक विश्वकप हेर्ने गरेका जीवकान्त काफलेसहितको टोली पनि आआफनो टिमको जर्सीसहित तयारीमा रहेका छन । बोनिन पिया, नरेश श्रेष्ठ, दिनेश प्रसाद श्रेष्ठ, अनिल प्रसाद श्रेष्ठसहितको टोली संगै बसेर विश्वकपको मजाले लिने तयारी गरेको बताए । बुटवलमा उद्योग र ब्यवसायमा आवद्धसमुह विश्वकपको दोस्रो चरणदेखि रमाईलो गर्ने मोडमा रहेको बताए । कालिका चलचित्र पहिलो ५.४५ बजेको खेललाई प्रत्यक्ष प्रसार गर्ने तयारी भएको संचालक कल्याण द्धाले बताए । आर्थिक कारोबारमा सकारात्मक प्रभाव पार्ने रुपमा हेरिएको प्रतियोगिताले यसवर्ष नेपालको अर्थबजारमा पक्कै पनि सकारात्मक प्रभाव पार्ने देखिन्छ । अझ पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान दिने होटल, रेष्टुरेन्टमा दर्शकहरुलाई भित्राएर प्रतियोगिता देखाउने तयारी थालेका छन । बुटवल सुख्खानगरको आम्रपाली कटेज तथा रेष्टुरेन्ट प्रालिमा विश्वकप हेर्नेका लागि सुविधासम्पन्न बारमा ८० ईन्चको प्रोजेक्टरबाट देखाउने तयारी गरेको संचालक जबिन कक्षपतिले बताए । खेलप्रेमीहरुको भावनालाई बुझेर नै तयारी थालेको उनी बताउछन । पर्चा पम्पलेटहरु टागेर खेल हेर्ने तयारी भएको उनले बताए । खेल हेर्नुको साथै कटेजमा खानपिनको समेत विशेष ब्यवस्था भएको उनले बताए । पेय पदार्थमा समेत छुटको ब्यावस्था गरिएको उनले बताए ।रुपन्देहीका धेरै होटल रेस्टुरेन्टहरूले ठुलो स्क्रीनमा फुटबल हेर्ने र खाने व्यवस्था मिलाएको रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यावसायी संघका अध्यक्ष समुन्द्र जीसी बताउछन । संघका आवद्ध होटलहरुले आवश्यक तयारीहरु गरेको उनी बताउछन । होटल तथा रेष्टुरेन्टहरुमा विश्वकप हेर्ने ग्राहकलाई खाना र पेय पदार्थमा छुटहरु दिईने उनले बताए । होटलहरुमा ठुला प्रोजेक्टर किन्ने र प्रचारप्रसार गर्ने कामहरु भईरहेको उनले बताए ।
ईलेक्टोनिक्स आईटममा सबैभन्दा बढि छुट
विसं. २०४६ सालदेखिदेखि ईलेक्टिक्स सामग्रीहरु विक्री वितरण गर्दै आएका हरिओम टिभीका संचालक गंगा पौडेलले यो वर्ष अहिलेसम्म कै सबैभन्दा धेरै छुटहरु ग्राहकले पाएको दाबी गर्दछन । नया टेक्नोलोजी भित्रिरहेको र कम्पनी धेरै भएकाले विक्रीको प्रतिस्प्रर्धा रहेको उनी बताउछन । आफुले विक्री गर्ने टिभीहरु एलजी, सिजी र यसवर्षको विश्वकपको स्पोन्सर हाईसेन्स टिभीहरुमा २० देखि ३० प्रतिशतसम्म छुट साईज र मोडेल हेरिकन रहेको उनले बताए । यतिधेरै छुट पहिलो पल्ट दिइएको उनि बताउछन । दैनिक १५ देखि २० वटासम्म टिभि विक्रि भैरहेको उनले बताए ।
लोटस इलेक्टोनिक्सका संचालक नारायण केसी अहिले पसलमा भ्याईनभ्याई रहेको बताउछन । दैनिक ८ देखि १० वटासम्म बिक्री भएको पसलमा ग्राहकको भिडभाड रहने गर्दछन । कम्पनीले २० देखि ३१ सम्म छुट दिइएकाले पनि टिभी हेर्ने र किन्न आउनेको भिड लागेको उनि बताउछन । पसलमा एलजी, तोसिबा र हाईसेन्स कम्पनीका टिभीहरु भैरहेको उनले बताए ।
बजारमा जर्सीको माग बढि रहेको ब्यवसायीहरु बताउछन । रोयल स्र्पोट्सका संचालक लक्ष्मण पोखरेल विश्वकपले जर्सी विक्री बढेको बताए । होलसेल र रिटेल दुबै कारोबार राम्रो भएको उनले बताए । यसवर्ष जर्सीमा सरकारले ब्राण्ड चार्ज लगाएकोले पनि मुल्य केही बढि रहेको बताए । बजारमा ब्राजिल र अर्जेटिनाको जर्सीको माग बढि रहेका उनले बताए । भन्सारकै कारण जर्सी महङ्गो हुदा ग्राहकले किन्न आनाकानी गर्ने गरेको ब्यावसायीहरु बताउछन । यसले प्रत्येक्ष रुपमा खेलप्रेमीहरुलाई भार परेको छ । चार वर्षमा एक पटक आउने फुटबलको महाकुम्भमा आफनो सर्पोट गर्ने देश र खेलाडीको जर्सी नै महङ्गोमा किन्नुपर्ने बाध्यता रहेको छ । बजारमा ९ सय मा पाईने ब्रान्डेड जर्सीलाई १२ सयदेखि १५ सयसम्म विक्री भैरहेको छ । एन्फाका पश्चिमाञ्चल प्रशिक्षक तथा स्पोर्ट सेन्टरका संचालक याम प्रसाद गुरुङ्ग सोचजती जर्सीको ब्यापार सामान्य भएको बताउछन । भन्सारमूल्य नै बढि हुदा बेच्न कठिन परेको बताए । पहिलो लटमा ल्याएको सबै जर्सी बिक्री भएपछि अर्को लट ल्याउन नसकेको उनी बताउछन । चार वर्षमा आउने चाडमा आफनो मन परेको खेलाडी वा देशको पक्षको देखाउनैका लागि पनि जर्सी लगाउने गर्दछन । यतिखेर फुटबलले सबैतिरको ब्यापार उत्तिकै बढेको छ ।बुटवलमा पहिलो पटक ठुलो एलईडी
गण्डकी एलईडी एण्ड ईलेक्टोनिक्सको सहयोगमा रोटयाक्ट क्लब अफ बुटवल साउथले बुटवलका विभिन्न ठाउमा विश्वकपको खेल देखाउने छ । उद्घाटन खेल ट्राफिक चोकमा देखाउने सबै तयारी पुरा भएको संयोजक तुल्सीराम भण्डारीले बताए । समुहमा बसेर रमाईलो गर्न चाहने युवाहरुलाई लक्षित गरि एलईडीबाट खेल देखाउन लागेको उनले बताए । सबैले निशुल्क रुपमा बुटवलमा पहिलो पटक १० बाई १० को एलईडीमा हेर्न सकिने उनले बताए । प्रतियोगिताको फाईनल खेल बुटवल मण्डपमा गर्ने प्रहरीप्रशासनबाट स्वीकृति लिएको उनले बताए ।