गृहपृष्ठ खबर पहिरोमा पुरिएर चार जना बेपत्ता

पहिरोमा पुरिएर चार जना बेपत्ता

प्रकाशित मिति:

वैखरी,                                                                                                                                                                     अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा डोजरसहित चार जना बेपत्ता भएका छन् । शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको हो ।बेपत्ता हुनेमा कालिकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीया प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका– १ का ४४ वर्षीया प्रेम परियार, भारतको झारखण्ड बस्ने ५५ वर्षीया डोजर अप्रेटर बुधन मुन्डा, भारतकै बिहार बस्ने ४५ वर्षीया इलेक्ट्रोनिक इन्जिनियर नन्दकिशोर रहेका छन् ।

अन्य दुई जना पनि बेपत्ता भएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। उनीहरुको खोजी खाँदवारीको बराहदल गुल्मबाट नेपाली सेनाका १५ जना, सशस्त्र प्रहरी वेसक्याम्प मानेभञ्याङ्बाट १० जना, जिल्ला प्रहरी कार्यालयबाट ७ जना, भिमकाली गुल्म हेदाङ्नागढीबाट १७ जना र निर्माणस्थलमा सुरक्षार्थ खटिएका बीस जना प्रहरी खोजी कार्यक्रमा सक्रिय रहेका प्रहरी नायव उपरिक्षक श्यामकुमार सारु मगरले बताए। पहिरो निरन्तर खस्नेक्रम जारी रहेकाले खोजि कार्यमा समस्या भएको मगरले बताए ।

सम्बन्धित् समाचार