काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । समूह डी अन्तर्गत भएको खेलमा अर्जेन्टिनालाई पहिलो पटक विश्वकप खेलेको आइसल्याण्डले १–१ को बराबरीमा रोक्यो ।
सँधै अग्रपंक्तिमा देखिने लियोनल मेस्सी आइसल्याण्डसँगको खेलमा मध्य पंक्तिमा देखिए । सर्जियो एगुएरोलाइ अघि सारे । मेस्सीले ६४औँ मिनेटमा पाएको पेनाल्टी समेत खेर फाले । मेस्सी पेनाल्टीमा चुके । मेसी भन्दा अघि रहेका सर्जियो एगुएरोले भने गोल गरे ।
उनले खेलको १९औँ मिनेटमै गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको ४ मिनेटपछि आइसल्याण्डका अल्फ्रेड विनबोगासनले २३औ मिनेटमा गोल गर्दै १-१ काे बराबरी गरे ।
रक्षात्मक खेलेको अर्जेन्टिनाले यो खेलमा अचम्मको रणनीति अपनायो । रक्षापंक्तिमा उसले ९ जना खेलाडी खटायो । मेसी र मध्यपंक्तिमा बसे । एगुएराे अघि लागे ।
रक्षापंक्तिको दाेस्राे लहरमा साल्भिओ, ओटामेन्डी, रोजो, र ट्यालिफिको लगायत थिए । पहिलाे लहरमा डि मारिया, विग्लिया, मेजा र माशेरानो रहे । बलमा बढी कब्जा अर्जेन्टिनाले नै जमाए पनि गोल गर्ने मामिलामा धेरै ठाउँमा चुक्यो । मेस्सीले पेनाल्टी मात्रै खेर फालेनन् धेरै अवसर गुमाए ।