गृहपृष्ठ खबर कार्यकर्ता रिहाइकाे माग गर्दै शैक्षिक हड्ताल,

कार्यकर्ता रिहाइकाे माग गर्दै शैक्षिक हड्ताल,

प्रकाशित मिति:

काठमाडौं– आफ्ना कार्यकर्तालाई झुटा मुद्दा लगाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले शैक्षिक हड्ताल गरेको छ। हड्तालले देशभरका विद्यालयको पठनपाठन प्रभावित भएको छ।

देशभरका सबै विद्यालयमा हड्ताल गरिएको अनेरास्ववियु (क्रान्तिकारी)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकलगायतका नेता तथा कार्यकर्तालाई देशका विभिन्न स्थानबाट गैह्रन्यायिक तवरबाट पक्राउ गरी झुटो मुद्दा लगाइएकोले उनीहरुको निशर्त रिहाइको माग गर्दै आज एक दिनको लागि शैक्षिक हड्ताल गरिएको अनेरास्ववियु (क्रान्तिकारी)ले जनाएको छ।

आफ्ना कार्यकर्ता छुटाउन विद्यालय बन्द गराउँदा लाखौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

सम्बन्धित् समाचार