गृहपृष्ठ खबर कपिलवस्तुमा नेबिसघंद्धारा चक्काजाम

कपिलवस्तुमा नेबिसघंद्धारा चक्काजाम

प्रकाशित मिति:

नेपाल बिद्यार्थी सघंको आयोजनामा सरकारले गरेको मुल्य बृद्धिको बिरोधमा महेन्द्र लोक मार्गमा चक्काजाम गरिएको छ । केपि ओली नेतृत्वको सरकारले १०५ दिनमा आम जनताले थेग्नै नसक्ने गरी गरी ५ पटकसम्म पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको बिरोधमा चक्काजाम गरिएको हो । महेन्द्र लोकमार्ग अन्र्तगत बाणगंगा नगरपालिकाको बोडगाउमा आइतबार बिहान ९ बजदेखि १० बजेसम्म बिद्यार्थीद्धारा चक्काजाम हुदा सडक ठप्प भएको थियो । पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गर्न साथ ढुवानी बढने र ढुवानी बढना साथ सबै वस्तुको मुल्य बृद्धि भएपछि हाल महङगी बढदै गएपछि बिरोध गर्न बाध्य भएको नेपाली काग्रेस बाणगंगा नगर सभापति बिष्णु थापाले बताए । सरकारले नेबिसघं गरेको मुल्यबृद्धिमा मौन बसेर प्रहरी हस्तक्षेप गरेरै बस्न खोजे नतिजा गलत आउन सक्ने नेबिसघं जिल्ला उपसभापति शंकरप्रसाद न्यौपानेले बताए । कार्यक्रममा नेबिसघंका क्षेत्र नः १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल, बाणगंगा बहुमुखी क्याम्पसका स्वबियु सभापति माधव पौडेल बिद्यार्थी नेता तिलक पाण्डे लगायतले चक्काजाम पछिको कोण सभामा आआफनो धारणा राखेका थिए । कार्यक्रममा तरुण दल जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिहं शतिm ठकुरी, तरुण दल क्षेत्रीय सभापति तिलक थापा , बाणगंगा नगर सभापति सुरेश सेन बिद्यार्थी नेता प्रदिप पौडेल लगायत ५० बढि बिद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । चक्काजामका क्रममा प्रहरीले हस्तक्षेप गर्न थालेपछि प्रहरी र बिद्यार्थीबिच तनावग्रस्त अवस्था समेत सृजना हुन थालेको थियो ।

सम्बन्धित् समाचार